![विश्वविद्यालयको चाङ विद्यार्थी बाहिर किन ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Dr.-Ganesh-Prasad-Ghimire-Hita-Article-2.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताउनुभएको छ ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आईतवारसञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्युह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने बताउनु भयो । उहाँले मुलुकमा सुशासन दिने शासक चाहिने बताउनु भयो ।
ओलीले भन्नुभयो, ‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्युह भित्र, यही भ्रष्टाचार र कमिसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिदैन । र हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैँ हुन्छ भन्ने होइन । सुशासन चाहिन्छ । सुशासन दिने शासक चाहिन्छ । त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ ।’
अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच