नवलपरासी । पश्चिम् नवलपरासी प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याउँदै गरेको २९ लाख बराबरको औषधि बरामद गरेको छ। भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले आइतबार बिहान ६ पेटी औषधि बरामद गरेको हो ।
प्रदेश नं।३,०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिनुभयो। बरामद भएका औषधिमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धीका औषधिहरु रहेको बोहराले जानकारी बताउनु भयो ।
औषधिसँगै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका– ५ टारी बस्ने २९ वर्षीय अभिषेक खरेल रहेका छन् ।
नेपालको तुलनामा भारतमा धेरै नै सस्तोमा औषधि पाइने भएकाले भन्सार छलेर औषधि ल्याएको प्रहरीले जनाएको छ । उक्त औषधि काठमाडौं टिचिङ अस्पताल अगाडि रहेको आफ्नै मेडिकलमा लैजानका लागि ल्याएको प्रहरीले जनाएको छ । कारसहित औषधि र पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।
खुला सीमाका कारण जिल्लाबाट विभिन्न अवैध सामान अन्यत्र जाने गरेको पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच