काठमाडौं । सेयर बजार घटे पनि आइतबार साढे सात अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ अंकमा झरे पनि सात अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७.४१ अंकले घटेर ३८६.३० अंकमा झरेको छ भने सेन्सेटिभ फ्लोट २.७५ अंक घटेर १२७.५१ अंक र समग्र फ्लोट इण्डेक्स २.०४ अंकले घटेर १४६.२२ अंकमा झरेको छ । जलविद्युत् र अन्य समूहमात्र सुधारिएको बजारमा वाणिज्य बैंक समूह २९.३० अंकले घटेको छ । विकास बैंक समूह ११०.८९, होटल ९३.४०, निर्जीवन बिमा ९८.६६, जीवन बिमा ८०.६५, उत्पादन ७६.८८ तथा वित्त समूह ४७.७२ अंकले घटेकोमा ६४ कम्पनीको सेयर मूल्यमात्रै बढेको छ ।
आँखुखोला हाइड्रो, समाज लघुवित्त, हिमालयन लघुवित्त, मिड सोलु हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रो, गुराँस लघुवित्त, गणपति लघुवित्त, जोशी हाइड्रोलगायतको पनि सेयर मूल्य बढेको छ । सिइडिबी हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै अर्थात् ८.२७ प्रतिशतले घटेको छ भने मोलुङ हाइड्रो, बाराही हाइड्रोलगायतको पनि सेयर मूल्य घटेको छ ।
हिमालयन रिको ५६ करोड र हिमाल दोलखा हाइड्रोको करिब २३ करोड रुपैयाँको सेयर कारोबार भएकामा अपि पावरको २० करोड ८२ लाख तथा नेपाल रिको २० करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको पनि १९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
आइतबार ३०८ कम्पनीका दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता सेयर कारोबार भएका हुन् । नेप्से घटेसँगै समग्र बजार पुँजीकरण ३३ खर्ब ४५ अर्ब ७६ करोड ५६ लाख ५५ हजार पाँच सय दुई रुपैयाँ कायम भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच