भोजपुर । ज्यान सम्वन्धी मुद्धाका दुई जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।
कर्तब्य ज्यान मुद्धाका उनीहरुलाई घटना भएको २१ बर्षपछि पक्राउ गरी कानुनी दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा टेम्केमैयुङ गाउँपालिका वडा नम्वर चार (साविक भोजपुरको नागी गाविस एक) का ५४ बर्षिय प्रश्नजंग राई र सोही वडाका ५८ बर्षिय सौराज राई रहेको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो । प्रश्नजंगलाई फागुन सात गने बेलुका भोजपुर नगरपालिकाबाट र सौराजलाई टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ चखेवाबाट सोही दिन पक्राउ गरिएको हो ।
प्रहरी प्रमुख पाठकका अनुसार २०५९ साल माघ २४ गते राती अन्दाजी १२ बजेको समयमा नागीका भक्तबहादुर राईलाई काठको चिर्पट दाउरा लगायतका घरेलु हतियार प्रहार गरी प्रतिवादीहरु भागेको र प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको थियो । घटना पश्चात मृतककी श्रीमति जमुना राईको जाहेरीको आधारमा कर्तब्य ज्यान सम्वन्धी मुद्धा दर्ता भएको थियो ।
भोजपुर जिल्ला अदालतबाट २०७९ माघ १५ गते पक्राउको अनुमति दिएको थियो । पक्राउ परेका दुवैलाई मंगलवार जिल्ला अदालतको अनुमति लिई पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी राखिएको प्रहरी प्रमुख पाठकले जानकारी दिनुभयो । घटनामा संलग्न रहेका अन्य प्रतिवादीहरुलाई समेत खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
समुदायमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी कटिबद्ध रहेकाले अपराधमा संलग्न कोही पनि भाग्न नसक्ने प्रहरी प्रमुख पाठकको भनाई रहेको छ । भोजपुर प्रहरीले लामो समय देखि फरार रहेका कर्तब्य ज्यान मुद्धाका प्रतिवादीहरु प्नि यस अघि नै पक्राउ गरेर कानुनी दायरामा ल्याई सकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच