![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
सिरिया । सिरियाका लागि इरानी राजदूत होसेन अकबरीले सोमवार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दुतावासमा इजरायलले गरेको आक्रमणको इरानले समान शक्तिका साथ जवाफ दिने प्रतिवद्धता गर्नुभएको छ ।
इरानी दुतावासको वाणिज्य दुतावास भवनमा इजरायली मिसाइल हमलापछि अकबरीले आक्रमणमा आफ्ना पाँच सहकर्मीको ज्यान जानुका साथै दुई इरानी दुतावासका गार्डहरू घाइते भएका छन् । इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको बतउनु भयो । यी कानूनहरू लागू गर्न खोज्ने अन्तर्राष्ट्रिय संस्थाहरूले कहिले कारबाही गर्ने ? भन्ने उहाँको प्रश्न थियो ।
इरानी राजदुतले इरानले इजरायलको कार्यलाई अनुत्तरित हुन नदिने र समान शक्तिका साथ छिटै नै जवाफ दिने चेतावनी दिए । मिसाइल हमलापछि घटनास्थलमा पुगेका सिरियाका विदेशमन्त्री फैसल मेकदादले घटनालाई अनुचित भन्दै निन्दा गर्नुभयो ।
सिरियाली रक्षा मन्त्रालयले क्षेप्यास्त्र आक्रमण साँझ ५ बजे भएको जनाएको छ । इजरायलले कब्जा गरेको सिरियाली गोलान हाइट्सको दिशाबाट इरानी दुतावासको भवनलाई निशाना बनाएर हवाई आक्रमण शुरु गरेको बताउनु भयो ।
![संसद्प्रति सांसदहरूकै उपेक्षा](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Ignorance-by-MPs-towards-Parliament-front-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच