हुम्ला । जिल्ला समन्वय समिती हुम्लाका उपप्रमुख दलु फडेरा (सन्जय)लाई पितृशोक परेको छ ।
समन्वय समिती हुम्लाका उपप्रमुख फडेराका बुवा मनबहादुर फडेराको शुक्रबार राती १ बजे ८० वर्षको उमेरमा निधन भएको हो । वैशाख २ गतेदेखि पेट सम्बन्धि समस्या भएर शुक्रबार राति मृत्यु भएको हो । स्वर्गीय फडेराको शनिवार हिन्दु धर्म अनुसार दाह संस्कार गरिएको छ ।
स्वर्गिय फडेरा साविक वडा नम्बर सात कल्खे गाउँका दुई पटक गाउँ विकास समितीका वडाध्यक्ष समेत हुनु भएको हो । गाउँमै रहेको जनकल्याण आधारभूत विद्यालयको एक पटक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पनि हुनु भएको थियो । स्वर्गिय फडेराका पाँच छोरा रहेका छन् । समन्वय समिति उपप्रमुख फडेरा साइला छोरा (तेस्रो) सन्तान हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच