![एमालेले बोलायो सचिवालय बैठक](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uml-sachiyalaya.jpg)
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिपक्ष नेपाली कांग्रेसले आक्रमण गर्न खोजेको दाबी गर्नुभएको छ।
आजको प्रतिनिधिसभा बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ठाउँमा उठेर गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ भन्दा झम्टिएको आरोप लगाउनु भयो ।
संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँगको छोटो कुराकानीमा सांसद पन्तले भन्नुभयो“यो असंसदीय घटना हो । सत्तापक्षका एकजना पूर्वप्रधानमन्त्री एउटा ठूलो पार्टीको दलका नेताले उठेर बोल्न पाउनुपर्छ भन्दा मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरू झम्टेर जाने हो ?,”
उहाँले भप्न्नुभयो, ‘मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरु झम्टिएर जाने हो ? उहाँहरुले नारा लगाइरहेको बेलामा हामीले त आपत्ति जनाएनौं । हामी आफ्नो ठाउँमा छौं । ओलीजीले आफ्नो ठाउँमा उभिएर बोल्न पाउनुपर्छ भन्दा आक्रमण गर्न जाने हो रु हातपात गर्न आएपछि आफ्नो अध्यक्षलाई जोगाउन गएका हुन् । उहाँहरुले दुर्व्यवहार गर्न खोज्नुभयो । आक्रमण गर्नुभयो त्यो अराजनीकि घटना हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच