काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भएको टिप्पणी गर्नुभएको छ ।
शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रोहितले विश्वकपमा टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश चाहेको बताउनु भयो ।
उहाँले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ। २५ दिनदेखि बाहिर नै छौं । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ। अभ्यास गरिरहेका छौँ। सबै जना साथमा हुनुहुन्छ। बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछौं । नेपाललाई अमेरिकामा सपोर्ट छ। राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामी पनि सक्षम छौं भन्ने सन्देश दिनुपर्छ।’
आइतबार देखि शुरु हुने टि२० विश्वकपमा नेपालले भने आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्याण्डविरुद्ध खेल्दै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच