दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको हो । सरकारले लुम्बिनी प्रदेशका गौरवका आयोजनाहरु लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश राजधानी सहरको विकास तथा निर्माण, एकिकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल, राप्ती प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउने नीति कार्यक्रममा उल्लेख छ ।
सरकारले उद्योगमा गुल्मीलाई गुड, पाल्पालाई ढाका तथा करुवा, प्यूठानलाई अल्लो, दाङलाई छालाजन्य बस्तु, हाते कागज र खुकुरी, रोल्पा र रुकुम पूर्वलाई अल्लो, कम्बल र प्लेट ढुंगा, बर्दियालाई बेतबाँस सम्बन्धी हस्तकला प्रवर्धनका उद्योगलाई प्रवर्धन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यसैगरी सरकारले लुम्बिनी प्रदेशलाई पर्यटन प्रवर्धन गर्न नवलपरासीको महलपोखरी, दाङको देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी, रोल्पाको रुन्टीगढी र पाल्पाको ख्याहा क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्ने नीति लिएको छ । सरकारले लुम्बिनी बौद्ध शिखर सम्मेलनको आयोजना गर्ने नीति लिएको छ ।
‘लुम्बिनी ढोरफाटन दुनै जुम्ला खलंगा रारा काँत्रेविहार कोहलपुर लुम्बिनी’ जोड्ने गरी बृद्ध पर्यटकीय पदमार्ग र ‘देवघाट रुरुधाम मुक्तिनाथ दामोदर कुण्ड’ समेटिएको धार्मिक मार्गको सम्भावना अध्ययनका लागि अन्तरप्रदेश समन्वय गर्ने नीति पनि सरकारले अघि सारेको छ ।
प्रदेशको गौरवको अर्को आयोजनाको रुपमा रहेको ‘रामपुर कपुरकोट’ सडकको स्तरोन्नती कार्यलाई छुट्टै आयोजनाको रुपमा अघि बढाउने नीति पनि सरकारले अघि सारेको छ । सरकारले सिंचाई क्षेत्रको विकासका लागि ‘कृषिको आधार ः सिंचाईमा सुधार’ भन्ने नारा अघि सारेको छ । सरकारले लिफ्ट सिंचाई र भूमिगत सिंचाईलाई पनि प्राथमिकता दिएको छ । सरकारले रुकुम पूर्व, रोल्पा, अर्घाखाँची, प्यूठान, पाल्पा, गुल्मी र दाङ जिल्लामा प्राथमिकताका साथ सुधारिएको प्रविधि र प्रशोधन सुविधासहित टिमुर खेती विकास कार्यक्रम संचालन गरी टिमुर पकेट क्षेत्रका रुपमा विकास गर्ने भएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’ संचालन हुने भएको छ । ‘लुम्बिनीका महिला ः आत्मनिर्भरतामा पहिला’ भन्ने नारासहित उद्यमशिलताको माध्यमबाट उत्पादन, रोजगार र स्वरोजगार सिर्जना गरी महिलालाई आर्थिक रुपमा सक्षम र सीपयुक्त बनाउने कार्यक्रम संचालन हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच