![यौन प्रजनन् स्वास्थ्यप्रति मिडियाकर्मीको चासो](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/yaun-prajanan-kalikot-news.jpg)
काठमाडौं । एसिया ट्रायथलन कंग्रेसले सोमबार नेपालका निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको वरिष्ठ सल्लाहकारमा अनुमोदन गरेको छ । साउदी अरबको रियादमा भएको कंग्रेसको बैठकमा नेपालबाट नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले सहभागिता जनाउनुभएको थियो । जुन १ (शनिबार) सुरु भएको सो कंग्रेस जुन (मंगलबार) आज ४ तारिखमा सकिनेछ ।
सन् २०२३ जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट साउदी अरबका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज एसिया ट्रायथलनको अध्यक्ष चुनिनुभएको थियो ।
चुनावपछिको पहिलो बैठकमा अध्यक्ष अब्दुल अजिजले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्नुभएको थियो । जसलाई साउदी अरबको रियादमा भएको एसिया ट्रायथलनको कंग्रेसले अनुमोदन गरेको हो ।
श्रेष्ठ दक्षिण एसियाली ट्रायथलन संघका अध्यक्ष, विश्व ट्रायथलनअन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्यसमेत रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच