![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
मकवानपुर । नेकपा एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित हुनुभएको छ ।
शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन हुनुभएकी छ ।
यस्तै, सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् ।
अग्रजलाई सम्मान
अधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एघार जना अग्रज व्यक्तित्व सम्मानित भएका छन् ।
सम्मानित हुनेमा घननाथ अधिकारी, श्रीबहादुर घलान, इन्द्रसिं थिङ, खिला कुमारी लामिछाने, कुलप्रसाद रुपाखेती, बद्रीप्रसाद न्यौपाने, सीता बराल, बद्री देवकोटा, कृष्णमाया थिङ, विशुुकुमार थापा र सन्तबहादुर राना मगर रहनुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको विकासका लागि योगदान पुर्याएकोप्रति उहाँहरुलाई सम्मान गरिएको एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटिका सचिव सफल अधिकारीले बताउनुभयो ।
अब समाजवादी क्रान्ति: नेता खनाल
अधिवेशन उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा पुँजीवादी क्रान्ति सकिएकाले अब समाजवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्ने बताउनुभयो ।
नेता खनालले देशमा अब समाजवादी क्रान्ति आवश्यक भएकाले यस दिशामा आफ्नो पार्टी अगाडी बढ्ने बताउनु भयाे ।‘हामी महाधिवेशनको तयारीमा छौं । महाधिवेशनले समाजवादी कार्यक्रमहरु अगाडी सारेर जानेछ ।’ खनालले भन्नुभयो,‘अब सबै दलले समाजवादको एजेन्डालाई अघि सार्नुपर्छ ।’ उहाँले जनताको बहुदलीय जनवाद अन्तर्गतका कार्यक्रमको सान्दर्भिकता सकिएको बताउँदै एमाले पनि समाजवादको एजेन्डामा आउनुपर्ने बताउनुभयो ।
झन्डै दुई तिहाई जनमत पाएको तत्कालीन नेकपाको सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघठन गरेर जनताको आकांक्षा पूरा गर्ने अवसर गुमाएको उल्लेख गर्नुभयो ।
अधिवेशन उद्घाटनमा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं पार्टी बागमती प्रदेश कमिटीका सहइन्चार्ज ललित कुमार बस्नेत, पोलिटब्युरो सदस्य एवं बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा पार्टी कानून विभागका प्रमुख घनप्रसाद गौतम, पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य एवं पार्टी मकवानपुर सहइन्चार्ज राजाराम स्याङतान, मीना कुमारी लामा, केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल,केन्द्रीय परिषद् सदस्यहरु यादव गजुरेल,सीता अधिकारी,पार्टी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दहाल, पार्टी प्रदेश कमिटी सदस्य शिवहरि बर्तौला, पार्टी मकवानपुर उपाध्यक्षद्वय किरणमान बल, कल्पना विश्वकर्मा, सचिव ध्रुव बहादुर भुजेल, उप सचिवहरु टंक मोक्तान, कविन पन्त, किशोर बर्तौला, पार्टीका युवा नेताहरु किशोर टन्डनको आतिथ्यता थियो ।
अधिवेशन पार्टी नगर कमिटी अध्यक्ष देवराज गौतमको अध्यक्षतामा भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच