दिल्लीमा पानी पर्दा नेपालमा छाता ओढ्ने प्रवृत्ति पुरानै हो । अहिले इण्डियाको लोकसभाको निर्वाचनको परिणाम घोषित भएपछि नेपालमा विभिन्न थरीबाट विभिन्न उद्गार व्यक्त भएका छन् । विशेषगरी राष्ट्रिय स्वयं सेवक संघ समर्थक नेपालीहरूमा धेरै निराशा र थोरै आशाको धारणा प्रकट भएको देखिन्छ तर इन्डियामा जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि उसको विदेश नीतिमा कुनै निर्णायक फेरबदल हुँदैन । किनकि त्यहाँको नोकरशाही अंग्रेजहरूले बसालेको जगमा परिचालित छ र नेताहरूमा पनि अंग्रेजको साम्राज्यवादी नीतिको गहिरो छाप छ । जसले जिते पनि यसमा तात्विक फरक आउने छैन । हो, यस चुनावले रष्ट्रिय स्वयं सेवक संघ र त्यसको भ्रातृसंस्था भाजपालाई घाटा भएजस्तै लोकसभा चुनावसँगै पश्चिम बंगालमा भएको विधान सभा चुनावमा गोर्खाल्याण्ड समर्थकहरूलाई पनि ठूलै धक्का लागेको छ ।
जब कुनै देशको कुनै भूखण्ड जबरदस्ती अर्को कुनै देशमा मिलाइन्छ तब सुरु-सुरुमा त्यहाँको जनताको मानसिक लगाव आफ्नो मातृभूमिप्रति हुन्छ तर समय बित्दै जाँदा अतिक्रमित शक्ति सामु उनीहरूको तल्लो पिँढीले आत्मसमर्पण गर्दै आफ्नो मातृभूमिलाई बिर्सिदिन्छन् । दार्जिलिङ क्षेत्रको विधानसभा चुनावको नतिजा पनि त्यस्तै आयो, गोर्खाल्याण्ड चाहनेहरूका संख्या जम्मा २.४८ (दुई दशमलव अड्चालीस) प्रतिशतमात्र देखियो । गोर्खाल्याण्ड राज्यको मुद्दा अहिलेलाई ओझेलमा पर्यो । हिन्दूत्वको नाममा जानी नजानी अहिले नेपालमा राष्ट्रिय स्वयं सेवक संघको सदस्य र समर्थकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
आज तराईमा इस्लामिक आतंकवादी संगठनका शाखाहरू प्रत्येक जिल्लाहरूमा छन् । प्रहरी र प्रशासनलाई यो कुरा ज्ञात छ तर शान्ति सुरक्षाको कारण देखाई मौनता धारण गरेका छन् । यसको दुष्परिणाम भोलि नेपालले भोग्नुपर्नेछ ।
हिन्दूत्व र राजतन्त्रको नाममा राष्ट्रिय स्वयं सेवक संघ नेपालमा सकृय हुँदै गइरहेको छ र यसको आडमा सनातन धर्मको जन्मस्थल नेपाल, सनातन धर्म, यसको मौलिक संस्कृति र राजसंस्थालाई समाप्त पार्न राष्ट्रिय स्वयंसेवक संघको षड्यन्त्रलाई उसको नेपाली समर्थकहरूले बुझ्न सकेका छैनन् र जसले बुझेका छन् उनीहरू सनातन धर्म, राजसंस्था र नेपालको समाप्तिका लागि काम गरिरहेका छन् । अहिले तराईमा आयातीत नेपालीहरूको संख्या धेरै छ । यसमा हिन्दुहरू प्रायः राष्ट्रिय स्वयं सेवक संघको भ्रातृ संगठन हिन्दु स्वयं सेवक संघमा प्रचुर मात्रामा छन् र उसकै सहयोगी संस्था राष्ट्रिय एकता परिषद् अहिले भाजपा शैलीमा पार्टी गठन गर्न लागिपरेको छ । हिन्दु स्वयं सेवक संघका केही चालक, परिचालकहरू तीस वर्षभित्र हिन्दु स्वयं सेवक संघले संगठन विस्तार गर्दै पछि दल खोलेर सत्ता कब्जा गर्ने योजनामा रहेका छन् ।
नेपालमा उनीहरूको प्रमुख विरोध मुस्लिमसँग छ ख्रिष्टानहरूसँग छैन । इण्डियामा हेर्ने हो भने, नयाँ नागरिकता कानुन अनुसार विदेशबाट इण्डियामा आएर बसेका हिन्दु, बौद्ध, सिख, ख्रिष्टानलाई नागरिकता दिने तर मुस्लिमलाई नदिने नीति लिएको छ । हिन्दुवादी भाजपाको ख्रिष्टानप्रेम पश्चिमालाई रिझाएर विशेषगरी अमेरिकालाई रिझाएर उनीहरूले साझा शत्रुको रूपमा लिएको चीनलाई घेर्ने र तिब्बतलाई चीनबाट अलग पार्ने नीति हो । राष्ट्रिय स्वयं सेवक संघ र त्यसको भ्रातृ संगठन भाजपाको घोषित लक्ष्य सन् २०३० सम्म अखण्ड भारतको हो । त्यसैले जानी नजानी राष्ट्रिय स्वयंय सेवक संघ वा उसको भ्रातृ संगठनका रूपमा रहेका हिन्दु स्वयं सेवक संघलगायत संस्थामा आबद्ध नेपालीहरूले एकपटक यी संस्थामा अबद्ध हुँदा सोच्नुपर्छ ।
नेपाल ठूलाको हिन्दुत्वको कृत्रिम आवरण आज नेपालमा ख्रिष्टानीकरणको डढेलोजस्तो सल्केर विस्तार भइरहेको छ भने तराईमा आगन्तुक नेपाली मुसलमानहरूको बेला बेलामा हिन्दुविरोधी क्रियाकलाप भुसको आगोझैँ सल्किरहेको छ । आज तराईमा इस्लामिक आतंकवादी संगठनका शाखाहरू प्रत्येक जिल्लाहरूमा छन् । प्रहरी र प्रशासनलाई यो कुरा ज्ञात छ तर शान्ति सुरक्षाको कारण देखाई मौनता धारण गरेका छन् । यसको दुष्परिणाम भोलि नेपालले भोग्नुपर्नेछ । राष्ट्रिय स्वयं सेवक संघका नेपालस्थित भ्रातृ संगठनहरू कट्टर मुस्लिमविरोधी र आयातीत मुस्लिमहरू कट्टर हिन्दुविरोधी छन् । भोलि यहाँ जोसुकैले धार्मिक तथा साम्प्रदायिक दंगा भड्काउन सक्नेछन् ।
सनातन धर्मको रक्षा गर्नु सबै सनातन धर्मावलम्बीहरूको कर्तव्य हो । यसका लागि कुनै राष्ट्रिय स्वयं सेवक संघ वा ऊसँग सन्बन्धित संघसंस्थाहरूको सहयोग लिनुपर्दैन । अमेरिकासँग इण्डियाको कूटनीतिक सम्बन्ध राम्रो छ दुवैको लक्ष्य समान छ र चीनविरोधी नीति लिएका छन् । भियतनाममाथि अमेरिकी आक्रमणको समर्थन गर्दै राष्ट्रिय स्वयं सेवक संघको तर्फबाट अटलबिहारी बाजपेयीले सन् १९६९ मा अमेरिकी राष्ट्रपति दिन्डन बी.जोन्सनलाई पत्र बुझाउन गएका थिए । नरेन्द्र मोदी भेटिकनमा गएर पोपको अगाडि चर्चमा प्रार्थना गरेका थिए र अहिले इन्डियामा आएर बसेका ख्रिष्टानहरूलाई इण्डियन नागरिकता दिने भाजपाको नीतिले भाजपा कस्तो हिन्दूवादी पार्टी हो नेपाली जनताले बुझ्न जरुरी छ ।
मोदीलाई आफ्नो नामले दुई तिहाइ सिट ल्याउने र इण्डियालाई हिन्दुराष्ट्र बनाएर अखण्ड भारतको योजनालाई पूरा गर्ने अहंकार थियो । त्यसका लागि उनले चारै पीठको शंकराचार्यलगायत साधु सन्त, विपक्षी दलहरूको विरोधको बावजूद अयोध्यामा राम मन्दिर स्थापना गरे तर अयोध्याबाटै भाजपा चित पर्नुपर्यो ।
ब्राजिल र इण्डिया विश्वकै सबैभन्दा बढी गोमांस निर्यात गर्ने मुलुकमा पर्छन् । कट्टर हिन्दुवादी पार्टी भाजपाले गोमांस निर्यात गर्नु कुन हिन्दु धर्ममा पर्छ ? इण्डिया नेपालको छिमेकी हो तर असल मित्र होइन । माओवादी पश्चिमा शक्तिबाट परिचालित भएर सशस्त्र विद्रोहमा लागेको हुन् भनेर जान्दाजान्दै किन माओवादीलाई साथ दियो ? पुष्पकमल दाहाल र बाबुराम भट्टराईले इण्डियाविरुद्ध नलाग्ने कबुलियतनामा तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीलाई बुझाएपछि भाजपा सरकारले माओवादीलाई सामरिक, आर्थिक सहयोग दिनुका साथै तत्कालीन अवस्थाका आतंकवादी कहलिएका माओवादीका शीर्ष नेताहरूलाई राजकीय सुरक्षासहित बसोवासको व्यवस्था गरेको थियो ? जबकि भाजपा कम्युनिष्ट र चीनविरोधी हो । राजा वीरेन्द्रको चरण स्पर्श गर्दै ढोगेका बाजपेयी जसले राजालाई विष्णुको अवतार भनेका थिए तर उनकै कार्यकालमा नेपालमा दरबार हत्याकाण्ड भयो ।
घैंटो भरिएपछि पानी पोखिन्छ । मोदीलाई आफ्नो नामले दुई तिहाइ सिट ल्याउने र इण्डियालाई हिन्दुराष्ट्र बनाएर अखण्ड भारतको योजनालाई पूरा गर्ने अहंकार थियो । त्यसको लागि उनले साकेत अर्थात् अयोध्यामा राम मन्दिर चारै पीठको शंकराचार्य लगायत साधु सन्त, विपक्षी दलहरूको विरोधको बाबजुद स्थापना गरे तर अयोध्याबाटै भाजपा चित पर्नुपर्यो । बनारस जो मोदीको चुनाव क्षेत्र पनि हो २०१९ भन्दा धेरै कम मत ल्याएर भाजपाले जित्यो । भाजपाले एक्लै सरकार बनाउने बहुमत पनि ल्याउन सकेन । यस्तै हो भने भाजपाको राजनीति ओरालो लाग्न बेर छैन । नीतिश कुमार र चन्द्रबाबु नायडुको हातमा मोदी सरकारको भविष्य छ । नीतिश कुमार र चन्द्रबाबु नायडुको विगत जान्नेहरू यो सरकार पाँच वर्ष टिक्नेमा शंका गर्छन् । मोदी नेतृत्वको सरकारको गर्धन झुण्डिएको खुकुरीमुनि छ ।
अब उनले कसरी यसलाई बचाउँछन् हेर्नुछ । बचाए भने पनि उनको मनोमानी अब चल्ने छैन । सरकार बन्नुअगाडि नै नीतिश कुमारले तीन मन्त्रालय अर्थ, कृषि र रेल मन्त्रालयमाथि दाबी पेश गरेका छन् र यसमा पहिलो प्राथमिकतामा रेलमन्त्रालय राखेका छन् । रेलमन्त्रालयको आफ्नो छुट्टै बजेट हुन्छ । यो प्रथा सन् १९२४ देखि सुरु भएको थियो । त्यस कालखण्डमा कूल बजेटको ७० प्रतिशत रेल बजेट हुन्थ्यो । अहिले कुल बजेटको १५ प्रतिशत छ । मोटो बजेट हुनाले नीतिश कुमारको आँखा रेल मन्त्रालयमा परेको छ । त्यसमाथि कांग्रेस गठबन्धनका नेताहरूले उनलाई भेट्न र फोन गर्न सुरु गरिसकेका छन् तर उनले मोदीलाई नै सघाउने जवाफ दिएका छन् । भोलिको दिनमा उनलाई प्रधानमन्त्री पदको प्रस्ताव राखे उनले मोदीलाई नछोड्लान् भन्ने छ्रैन ।
नीतिश कुमार आए चन्द्रबाबु नायडु पनि नआउलान् भन्ने छैन । योगी आदित्यनाथलाई भविष्यमा प्रधानमन्त्री हुन नदिन, उनको राजनीति समाप्त पार्न र नीतिन गड्करी र राजनाथ सिंहलाई अगाडि आउन नदिन मोदी, अमित र जे.पी. नड्डाले जुन षड्यन्त्र गरे भाजपाले त्यसको प्रतिफल यो चुनावमा पायो । मुस्लिम भोटर त्यसै मोदीबाट सशंकित थिए नै ठकुरी र पिछडिएका भोटरहरूलाई पनि मोदी अमित जोडीले समेट्न सकेनन् । महाराष्ट्रका मराठीहरू पनि नर्थ इण्डियाको मानिसलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहँदैनथे । गुजरातीहरू व्यापारी हुन्छन् तर मोदी र अमितको व्यापारी बुद्धि चुनावमा काम लागेन । मोदीको घमण्डले भाजपालाई खायो । इण्डियामा अस्थिर सरकार बने उसको छिमेकीहरूका लागि केही भए पनि शुभ नै हो । इण्डियामा शक्तिशाली सरकार भनेको छिमेकीको गर्धनमा नाङ्गो खुकुरी झुण्डिए सरह हो ।
अग्नि पुराणको एउटा कथा अनुसार ब्रहृमाले सृष्टि रचनाका लागि मानसपुत्रहरूको सृष्टि गरे । यी मानसपुत्रहरूमा एउटा थिए ऋषि अत्रि ।
अत्रिको विवाह महर्षि कर्दमको कन्या अनुसुइयासँग भयो । अनुसुइयाबाट दुर्वासा, दत्तात्रेय र सोम अर्थात् चन्द्रको जन्म भयो । दक्ष प्रजापतिका सत्ताइस कन्याहरूको विवाह सोमसँग भयो । सोम अर्थात् चन्द्रमा आफ्ना सत्ताइस पत्नीमध्ये रोहिणीलाई अत्याधिक माया गर्थे । उनकी बाँकी पत्नीहरूले पिता दक्षसँग यसको गुनासो गर्दा दक्षले चन्द्रदेवलाई सम्झाई बुझाई गरे । तैपनि चन्द्रमाले मानेनन्, उनी रोहिणीको प्रेममै आसक्त भए । दक्षले क्रुुद्ध भएर उनलाई क्षयरोगले ग्रस्त हुनू भन्ने श्राप दिए । श्रापका कारण चन्द्रमा क्षयग्रस्त भए, जसकारण पृथ्वीमा सुधा शीतलता वर्षण रोकियो ।
चारैतिर त्राहि त्राहि मच्चियो । चन्द्रमाले दुःखित भएर इन्द्रसँग आफ्नो पीडा पोखे । उनको प्रार्थना सुनेर इन्द्रादि देवता तथा वशिष्ठ आदि ऋषिगण ब्रहृमाकहाँ पुगे । ब्रहृमाले श्रापमोचनका लागि शिवजीको आराधना गरी दश करोड पटक महामृत्युञ्जय मन्त्र जप गर्न भने । उनको जपबाट प्रसन्न हुँदै शिवजीले उनलाई अमरत्वको वरदान दिँदै भने, ‘तिमी शोक नगर, मेरो वरले तिम्रो श्राप मोचन त हुने नै छ, साथै प्रजापति दक्षको वचनको रक्षा पनि हुनेछ ।’
यति भनेर शिवजीले चन्द्रलाई आफ्नो शिरमा धारण गर्नुभयो । शिवजीले भन्नुभयो, ‘कृष्णपक्षमा तिम्रो एक-एक कला क्षीण हुँदै जानेछ र पुनः शुुक्लपक्षमा तिम्रो एक एक कला वृद्धि हुँदै जानेछ । यसरी प्रत्येक पूर्णिमामा तिमीलाई पूर्णकला प्राप्त हुनेछ ।’ गुटबन्दी होस् वा घमण्ड वा कुनै विशेष समूह वा व्यक्ति वा शक्तिप्रति आशक्ति जीवनका प्रत्येक क्षेत्रमा वरदान होइन अभिशाप नै सिद्ध हुन्छ । नेपाललाई जोगाउन सबै किसिमका घमण्डलाई त्यागेर लागौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच