काठमाडौं । आजदेखि सिनेमाघरमा चलचित्र ‘बाटोः रोड टु डेथ’ प्रदर्शनमा आएको छ । ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको यो चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएको हो । निर्माण टिमले प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार ललितपुरस्थित लबिम मलमा चलचित्रको प्रिमियर गरेको थियो । जहाँ चलचित्रलाई राम्रो तारिफ मिलेको थियो ।
नेपालीसहित तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यो चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूलाई उत्साह थपेको बताउनुभयो । ‘नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउने मेरो चाहना हो । आजकाल फिल्ममेकरभन्दा पनि दर्शक निकै अगाडि हुनुहुन्छ । त्यसकारण पनि हामीले फिल्म उत्कृष्ट बनाउनुपर्छ’, थापाले भन्नुभयो । प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।
काठमाडौं फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुनुहुन्छ । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायांकन गर्नुभएको हो । चलचित्रका लाइन प्रोड्युसरमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुनुहुन्छ भने कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत र विशाखा विक्रम थापा रहनुभएको छ । त्यस्तै, सह निर्माताहरूमा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुनुहुन्छ ।
चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारहरूको अभिनय छ । यो चलचित्र करिब दुई वर्षअगाडि नै तयार भइसकेको थियो । चलचित्रलाई डिसिएनले वितरण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच