काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम फिफा वरीयतामा दुई स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयतामा नेपाली महिला टिम दुई स्थानमा सुधारसहित ९८औं स्थानमा उक्लिएको छ ।
यसअघि नेपाली टिम वरीयताको १००औं स्थानमा थियो । नेपाल दक्षिण एसियाली क्षेत्रमा भने दोस्र्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा माथि रहेको भारत एक स्थान खस्किँदै ६७औं स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १४०औं स्थानमा यथावत् छ ।
चौथो स्थानको श्रीलका १५७औं, पाँचौं स्थानको पाकिस्तान १५८, छैटौं स्थानको माल्दिभ्स १६१औं र सातौं स्थानको भुटान वरीयताको १७३औं स्थानमा छन् ।
विश्व वरीयतामा भने स्पेन शीर्षस्थानमा कायमै छ । वरीयताको दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा इंग्ल्याण्ड, चौथो स्थानमा जर्मनी र पाँचौं स्थानमा अमेरिका छन् । स्पेन सन् २०२२ को फिफा महिला विश्वकप च्याम्पियनसमेत हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच