काठमाडौं । ‘मिसेस टुरिजम क्वीन इन्टरनेशनल-२०२४’ मा प्रतिस्पर्धा गर्न ‘मिसेस भोग नेपाल-२०२४’ की विजेता पूजा पाख्रिन नेपालको प्रतिनिधित्व गर्दै बैंककमा हुनुहुन्छ । हाउस अफ फेसनले मंगलबारदेखि प्रारम्भ भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै पूजा पाख्रिनलाई सोमवार बिहान त्यसतर्फ पठाएको थियो ।
हाउस अफ फेसनले अघिल्लो महिना काठमाडौंमा आयोजना गरेको मिसेस भोग नेपालमा पूजा पाख्रिन विजयी हुनुभएको थियो । उक्त प्रतियोगितामा विजयी भएपछि पाख्रिनले बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालका प्रतिनिधित्व गर्ने मौका पाउनुभएको हो ।
मंगलारदेखि प्रारम्भ भएको यो प्रतियोगिता एक हप्तासम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताको क्रममा विश्वका करिव दुई दर्जन देशहरूबाट आएका प्रतिस्पर्धिलाई विभिन्न गतिविधि तथा प्रशिक्षणमा सहभागि गराइनेछ ।
प्रतियोगिता अवधिमा विभिन्न चार विधामा उपाधि विजेताको घोषणा गरिनेछ । यो प्रतियोगिताको ग्राण्ड फिनाले असार १० गते सिडिसी बलरुम, बैंककमा हुनेछ । विवाहित महिलालाई अझ सशक्त बनाउन उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच