काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वर्षमा नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक रहेको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे वार्षिकोत्सवको अवसरमा गरिएको चियापान कार्यक्रममा सहभागि पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले विगत दुई वर्षदेखि संसदमासँगै रहेको र नयाँ सोच र पहिचान बनाउन सक्ने सांसदहरु रहेको बताउनु भयो । उहाँले संसदीय अभ्यासमा सबै प्रभावहरु तत्काल नपर्ने भन्दै प्रभाव पार्न सजिलो नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हामी दुई वर्षदेखिसँगै छौं । नजिकबाट देखिरहेको छु । नयाँ सोच,जाँगर बोकेका धेरै सांसदहरु हुनुहुन्छ । उहाँहरुले आफ्नो तर्फबाट नयाँ पहिचान बनाउनको लागि हरेक किसिमको जमर्को गरेको देखिरहेको छ । त्यो एउटा सकारात्मक कुरा हो । तत्काल सबै कुरामा सबै प्रकारका प्रभाव पर्छन भन्ने होइन । त्यति सजिलो काम छैन । संसदीय अभ्यास हो । यसको थालनी राम्रोसँग गर्नु भएको छ । आगामी दिनमा झन राम्रो हुँदै जाओस् ।’
उहाँले नयाँ पार्टी भएपनि संसदीय अभ्यास राम्रो गरिरहेको बताउनु भयो ।उहाँले आगामी दिनमा बलियो र सफल बन्न सक्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच