![नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ : सांसद पौडेल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/pradeep-poudel.jpg)
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेष्ट इण्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गर्यो । वेष्ट इण्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौकासहित ८२ रनको विस्फोटक अविजित इनिङ खेल्नुभयो । अर्का ओपनर जोनसन चाल्र्स १५ रनमा आउट हुँदा निकोलस पुरनले २७ रन बनाउनुभयो ।
अमेरिकाका हरमित सिंहले एक विकेट लिनुभयो । यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थयो । अमेरिकाका एन्ड्रिस गोसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९, श्याडली भान श्यालवाएकले १८, अली खानले १४ र बरोन जोन्सले ११ रनको योगदान गर्नुभयो ।
वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले तीन/तीन, अल्जारी जोसेपले २ तथा गुडाकेश मोतीले एक विकेट लिनुभयो । सुपर-८ को पहिलो खेलमा वेष्ट इण्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो भने अमेरिका साउथ अफ्रिकासँग पराजित भएको हो । अमेरिकाको यो दोस्रो हार हो । यससँगै अमेरिकाको अघिल्लो चरणको सम्भावना पनि सकिएको छ ।
यस्तै, सुपर ८ मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको दिन इंग्ल्याण्डले भने पहिलो हार बेहोरेको छ । शुक्रबार राती भएको समूह ‘बी’ को खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएको हो । दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रनमात्र बनाउन सक्यो । इंग्ल्याण्डका हृयारी बु्रकले ३७ बलमा ७ चौका सहयोगमा ५३ रन बनाए पनि हार टार्न सक्नुभएन । लियाम लिभिङस्टोमले १७ बलमा ३ चौका र २ छक्का सहयोगमा ३३ रन बनाउनुभयो । कप्तान जस बटलरले १७, जोनी बिस्ट्रोले १६ रन थप्नुभयो । दक्षिण अफ्रिकाका कागिसो रबडा र केशव महाजनले समान २ विकेट लिनुभयो । ओटनिल बार्टमन र एडेन मक्रमले समान १ विकेट लिनुभयो ।
त्यसअघि इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६३ रनको योगफल तयार पारेको थियो । क्विन्टन डि ककले ३८ बलमा ४ चौका र ४ छक्का सहयोगमा सर्वाधिक ६५ रनको योगदान दिनुभयो । डेभिड मिलरले ४५ रन थप्नुभयो । इंग्ल्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिनुभयो । मोइन अली र आदिल रासिदले समान एक विकेट लिनुभयो । जितसँगै दुई खेलबाट चार अंक जोडेको दक्षिण अफ्रिका समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान खेलबाट एक अंक भएको इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच