काठमाडौं । मन्त्रिपरिषदको बैठक लगत्तै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ एमाले अध्यक्ष केपी शर्मा ओलीको निजि निवास बालकोट पुग्नुभएको छ ।
स्रोतका अनुसार एमाले नेता महासेठ र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भइरहेको छ ।
कांग्रेस-एमालेको नयाँ समीकरण बन्ने चर्चा चलिरहेका बेला उपप्रधानमन्त्री महासेठ बालकोट पुग्नु भएको हो । यस अघि एमाले अध्यक्ष ओलीले एमालेबाट मन्त्रिपरिषदमा रहेका सबै मन्त्रीलाई छलफलका लागि बालकोट बोलाउनु भएको चर्चा थियो ।
तर ओलीको सचिवालयले भने त्यसको खण्डन गरेको थियो ।
'नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।' फेसबुक पेजमा पोष्ट भएको सूचनामा भनिएको छ ।
तर, अहिले केहीबेर अघि एमालेबाट सरकारको प्रतिनिधित्व गर्नुभएको उपप्रधानमन्त्री महासेठ भने ओली निवास बालकोट पुग्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच