एजेन्सी । विश्व नम्बर एक इगा स्वायटेक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ तेस्रो चरणबाटै बाहिरिनुभएको छ । पोलिस स्टार स्वायटेक काजकिस्तानकी युलिया पुटिन्सेभासँग २-१ को सेटमा पराजित हुनुभयो । पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे पनि स्वायटेकले त्यसपछिका दुई सेट १-६,२-६ ले गुमाउनुभयो ।
चौथो चरणमा पुटिन्सेभाले लात्भियाकी जिलेना ओस्टापेन्कोको सामना गर्नुहुनेछ । ओस्टापेन्कोले अमेरिकाकी बेर्नार्डा पेरालाई ६-१ ६-३ ले हराउँदै चौथो चरणमा स्थान पक्का गर्नुभएको थियो । यसैगरी एलिना रेबाकिन र डानिल कोलिन्सले चौथो चरणको यात्रा तय गर्दा ओन्स जाबेउर भने तेस्रो चरणमै रोकिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच