काठमाडौं । एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालमा हुँदैछ । सोही ट्रफीका लागि पुरुष र महिला दुवैमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक न्युजिल्याण्डका मुर्रे पल स्टर्टले दुवैतर्फ राष्ट्रिय टोली घोषणा गर्नुभएको हो । उहाँ अन्तर्राष्ट्रिय लेभल थ्री प्रशिक्षक तथा एजुकेटर हुनुहुन्छ । राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा सातवटै प्रदेश र तीन विभागीय टोलीबाट प्रारम्भिक खेलाडी छनोट गरिएको थियो ।
पुरुषतर्फ ३८ जना र महिलामा २८ जना प्रारम्भिक टोलीमा छनोट गरिएको थियो । तीमध्येबाट दोस्रो चरणमा समान २० जना महिला तथा पुरुष खेलाडी छनोट गरिएको थियो । त्यहाँबाट अन्तिम छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय पुरुष टोलीमा विवेश वासु, प्रमेश चौधरी, यदु अधिकारी, विराट श्रेष्ठ, निरोज अधिकारी, विक्रम पुरी, गणेश बानियाँ, सविन महत, नवीनबहादुर मगर, मशेष सुनार, विजय खड्का, रोहन डंगोल, विनोदबहादुर शाही, क्याल्भिन जोशी, सञ्जय अधिकारी र कपिल ठकुरी रहनुभएको छ ।
त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीमा मनिषा थापामगर, आशा कुसार, सावित्री पुर्जा, सिर्जना राई, सिर्जना छन्त्याल, मनिषा घिसिङ, विशाका मार्किन राई, सुस्मिता क्षेत्री, पुनम श्रेष्ठ, संगीता घिसिङ, अप्सरा कार्की, रोजिना पोखरेल, विनिता शाही ठकुरी, अनु शेर्पा, कमला राई र सुजा राई छनोट हुनुभएको छ । एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा हो । उक्त ट्रफीका खेलहरू दशरथ रंगशालामा सञ्चालन हुनेछन् । रग्बी संघका महासचिव घिमिरेले करिब चार महिनादेखि यो आयोजनाको तयारी गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच