मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका १ नम्वर वडा कार्यालयले सामाजिक सुरक्षाभत्ता नवीकरण शिविर संचालन गरिरहेको छ ।
वडाले सेवाग्राही र असक्त नागरिकको सहजताको लागि वडाभित्र सुरक्षाभत्ता नविकरण शिविर संचालन गरेको वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिनुभयो ।
वडाध्यक्ष खनालका अनुसार, साउन १५ गतेदेखि संचालन गरिएको ६ दिने शिविर भोलि साउन २१ गते सोमबार सकिनेछ ।
उहाँले शिविर बिहानको समयमा मात्रै हुने गरेको बताउनुभयो । वडाका अन्य सेवाग्राहीलाई असर नपर्ने गरी बिहान ७ बजेदेखि १० बजेसम्म शिविर संचालन भइरहेको र १० बजेपछि कार्यालयबाट अन्य सेवा दिइरहेको वडाध्यक्ष खनालले तु खबरलाई बताउनुभयो ।
हालसम्म वडाको स्कुल गोगनपानी, झुल्याण गोगनपानी, चकरी, मकरी कृष्ण मन्दिर, मकरी राधाकृष्ण मन्दिरमा शिविरको आयोजना गरिएको १ नम्वर वडाका सचिव पुजन न्यौपानेले बताउनुभयो ।
भोलि सोमबार भने मकरी पर्तामा शिविरको आयोजना गरिने वडा सचिव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार, वडाका ४१४ जनालाई सेवा दिने लक्ष्य रहेको उक्त शिविरबाट हालसम्म २६८ जनाले सेवा लिएका छन् ।
साथै वडा सचिव न्यौपानेले शिविरबाट सेवा लिन छुटेका नागरिकले वडा कार्यालयबाटै सेवा लिन सकिने पनि बताउनुभयो ।
पछिल्लो समयमा उक्त वडाले असक्त, अपाङ्गलगायतको नागरिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता शिविर, सामाजिक भत्ता नविकरण शिविर, स्वास्थ्य शिविर, आँखा परीक्षण शिविर र राष्ट्रिय परिचय पत्र बनाउने शिविरलगायत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
साथै सो वडाले शिक्षा अहिलेको आश्यकता भन्ने नाराका साथ शिक्षामा पनि पहुँज बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच