काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले गत जेठमा काठमाडौंस्थित दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता खोसेको थियो । एक वर्षका लागि मान्यता फिर्ता गरेपछि मंगलबार पहिलो अन्तर्राष्ट्रियस्तरको खेल भयो । तर, पुनः अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलोपटक खेल हुँदा रंगशालाको दुरवस्था फेरि देखिएको छ ।
मंगलबार साँझ रंगशालामा च्यालेन्ज कप लिगको प्ले अफका लागि शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लब र भुटानको लिग विजेता पारो एफसी भिडेका थिए । एएफसी च्यालेन्ज कप २०२४/२५ को प्रारम्भिक चरणमा नेपाली लिग च्याम्पियन चर्च ब्वाइज क्लब भुटानको पारो एफसीसँग मंगलबार पराजित भयो । सिनियरस्तरको फुटबलमा नेपाली टिम भुटानी प्रतिद्वन्द्वीविरुद्ध कहिल्यै पनि हारेको थिएन । तर, अब यो इतिहास मेटिएको छ ।
जापानी केसुके होन्डाको नेपाल आगमनले पनि उल्लेख्य संख्यामा दर्शक रंगशाला पुगेका थिए । खेल सुरु हुनुअघि नै वर्षा सुरु भएको थियो । खेल सुरु हुन केही समयअगाडि पानी परेको थियो । यसले गर्दा पूरा मैदान पानीले भरिएको थियो । सुरुमा त बल पनि राम्रोसँग गुडेको थिएन । खेल अगाडि बढ्दै जाँदा बल गुड्न छाड्यो । मैदान अयोग्यजस्तै देखिएको थियो । खेलको लगभग पहिलो हाफ सकिँदासम्म मैदान पूर्णतः हिलाम्य भइसकेको थियो । अधिकांश खेलाडीका जर्सी हिलोमा लतपतिए । खेलाडीका बुट हिलोमा जाकिए । लगातार एक घण्टा भएको वर्षाका बाबजुद पनि सयौँको संख्यामा दर्शक रंगशाला पुगेका थिए । तर, मैदानको अवस्था देखेर उनीहरू निराश बनेर फर्किए ।
मैदानको कमजोर अवस्था, असुरक्षा, फ्लड लाइटको कारण देखाउँदै गत जेठमा एएफसीले दशरथ रगंशालालाई अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य रहेको घोषणा गरेको थियो । गत नोभेम्बरमा यमनविरुद्ध खेलेयता दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुन सकेको थिएन ।
तर, यसको चार महिनापछि पनि मैदानको अवस्थामा खासै अन्तर देखिएन । दशरथ रंगशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता पाएको खुसियाली मनाउने अवस्था देखिएन । हामीसँग माथिल्लो स्तरको फुटबल खेल्न यही एउटा मैदान छ तर यसको पनि हबिगत यस्तो छ ।
यही अवस्थामा आगामी दिनमा पनि रंगशाला अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अयोग्य देखिएको छ । दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद्को मातहतमा छ । १९९९ मा चीन सरकारले रंगशालाको पुनर्निर्माण गरिदिएको थियो । रंगशालालाई २०७२ सालको भूकम्पले क्षति पु¥याएको थियो । त्यसको दुई वर्षपछि रंगशाला पुनर्निर्माण भएको थियो । यो रंगशालामा स्कुलका कार्यक्रम, कन्सर्टदेखि विभिन्न समारोह हुँदै आएका छन् । अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशाला नै नेपालको एकमात्र रंगशाला हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच