काठमाडौं । विश्व नम्बर दुई आर्यना साबालेन्का पहिलोपटक सिनसिनाटी ओपन टेनिसको महिला एकलतर्फ च्याम्पियन बन्नुभएको छ । साबालेन्काको यो १५औँ उपाधि हो । जनवरीमा अस्ट्रेलियन ओपन जित्नुभएकी साबालेन्काका लागि यो वर्षको दोस्रो उपाधि हो ।
बेलारूसकी साबालेन्काविरुद्ध पेगुला ७६ मिनेटमात्र कोर्टमा टिक्न सक्नुभयो । साबालेन्काले पहिलो सेट ६-३ र दोस्रो सेट ७-५ ले आफ्नो पक्षमा पार्नुभएको थियो । योसँगै साबालेन्काले आफ्नो करिअरको १५औँ र ‘डब्लुटिए वान-थाउजेन्ड’ लेभलमा छैटौँ उपाधि जित्न सफल हुनुभयो ।
यस नतिजाले गत हप्ता क्यानेडियन ओपनको उपाधि रक्षा गर्नुभएकी छैटौँ वरीयता प्राप्त अमेरिकी खेलाडी पेगुलाको नौ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो । दुईपटककी ग्रान्डस्लाम च्याम्पियन साबालेन्काले सेमिफाइनलमा विश्व नम्बर एक इगा स्वितेकलाई पराजित गर्नुभएको थियो । २६ वर्षीया साबालेन्का अब अगस्ट २६ बाट सुरु हुने युएस ओपनमा कोर्टमा फर्किनुहुनेछ ।
यसैगरी पुरुषतर्फ विश्व नम्बर एक जानिक सिनर च्याम्पियन बन्नुभएको छ । इटालियन स्टार सिनरले अमेरिकाका फ्रान्सिस टियाफोलाई २-० को सोझो सेटमा हराउनुभयो । पहिलोपटक च्याम्पियन बन्ने क्रममा सिनरले खेल ७-६ (७-४), ६-२ ले आफ्नो पक्षमा पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच