प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्छु : प्रस्तावित राजदुत पौडेल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । कतारका लागि प्रस्तावित राजदुत रमेशचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्ने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतारसँगको सम्बन्ध थप बिस्तार गर्दै कतारमा रहेका नेपालीहरुका समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो ।

उहाँले कतारमा रहेका नेपाली श्रमीकहरुका समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने र उनीहरुले पाउनुपर्ने सुविधानको व्यवस्थापन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो देशसँग सम्बन्ध बिस्तार गर्ने, त्यो देशसँग प्रतिनिधिको रुपमा गर्नुपर्ने धेरै कामहरु छन् । नेपाली नागरिकहरु जो त्यहाँ हुनुहुन्छ, उहाँहरुलाई विभिन्न सेवा सुविधाको आवश्यकता पर्दछ । खासगरी पासपोर्ट लगायतका । त्यसको व्यवस्थापन गर्ने । कन्सुलर सर्भिसहरु प्रदान गर्ने । श्रमको प्रमुख गन्तव्य भएको कारणले गर्दा त्यसमा तममा सुविधाहरु उपलब्ध गराउने, उहाँहरुको कामलाई अनुकुलन प्रदान गर्ने । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन विशेष पहल गर्ने । त्यहाँ भएका नेपालीहरु, प्रवासी डायस्पोराहरु छ, उहाँहरुसँग भएका श्रोतहरु सर्वोपरी हितमा प्रयोग गर्ने ।’

प्रस्तावित राजदुत पौडेलले सरकारको निर्देशन र त्यहाँको परिस्थितिअनुसार कार्यक्रमहरु अघि बढाउने बताउनु भयो । उहाँले श्रमीकहरुको सम्झौताको अवधि थप गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?