काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज कर्णाली याक्सले शुक्रबार युवा तथा प्रतिभावान खेलाडीका लागि ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ । कर्णालीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नुहुनेछ । ‘कर्णाली याक्सले शुक्रबार प्रतिभावान खेलाडी छनोट गर्दैछ,’ प्रशिक्षक मल्लले भन्नुभयो, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौँ ।’
कर्णालीका सह मालिक गृहेन्द्र घिमिरेले ‘ट्यालेन्ट हन्ट’ वीरेन्द्रनगरको कर्णाली रंगशालामा हुने जानकारी गराउनुभयो । मालयन विल्डर्स एण्ड इञ्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अराउन्डर सोमपाल कामी हुनुहुन्छ ।
यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव रहनुभएको छ । कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इण्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ । नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की हुनुहुन्छ । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे हुनुहुन्छ ।
टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच