काठमाडौं । अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमच्याम नेपाल) सँगको सहकार्यमा नेपालमा दिगो आर्थिक विकासलाई प्रवद्र्वन गर्न व्यवसायी र सरकारी अधिकारीहरूसँग एकदिने कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा नेपालको व्यापारिक वातावरण र लगानी नीति प्रस्तावका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपालमा दिगो आर्थिक विकासलाई प्रवद्र्वन गर्ने सबै प्रमुख सरोकारवाला उद्यमी, कार्यकारीहरू, व्यापार संघका प्रतिनिधि, विकास एजेन्सी, थिंक ट्यांक र सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन दूतावासका चार्ज डी अफेयर्स म्यानीपी माइकलर जुनियर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले संयुक्तरूपमा गर्नुभएको थियो । माइकलर जुनियरले भन्नुभयो, ‘नेपालमा अन्य धेरै देशमा जस्तै निजी क्षेत्र आर्थिक विकास परिवर्तनको प्रमुख प्रतिनिधि हो, साथै यसले रोजगारी सिर्जना र राष्ट्रिय आयमा सबैभन्दा बढी योगदान गर्छ । त्यसभन्दा बाहिर निजी क्षेत्रले उदाहरणका रूपमा नेतृत्व गर्नुका साथै जिम्मेवारी र समावेशीजस्ता मूल्यहरू प्रदर्शन गर्छ र सकारात्मक प्रभाव पार्छ, जसले नेपालका सबै समुदायलाई माथि पुर्याउँछ ।’
अमच्याम नेपालका अध्यक्ष अजित बी शाहले निजी क्षेत्रका छाता संगठनहरूका नेताहरूसँग मिलेर अमच्याम नेपालको आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायका लागि नीतिगत चुनौती न्यूनीकरण गर्न कसरी काम गरिरहेको छ भन्नेबारेमा जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच