-विजय रावत
जुम्ला जुम्लाको सिंजा गाउँपालिकाले वडा नम्बर २स्थित विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुति गृह स्थापना गरेको छ ।
संविधान दिवसको अवसरमा प्रसुति गृह स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो । पालिकाको आवश्यकताका आधारमा थप सेवा विस्तार गर्न र यहाँका महिलाको स्वास्थ्य सेवामा सबैको सहज पहुँच गर्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको अध्यक्ष धितालले बताउनुभयो । छिट्टै ल्याव सेवा विस्तारका लागि स्वास्थ्य शाखा लागि परेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललितजंग रोकायाले जानकारी दिनुभयो ।
आवश्यक दक्ष जनशक्तिका लागि विज्ञापन गरेका छौं । यसअघि त्यो क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले प्रसुति सेवा तथा एएनसी पीएनसी चेकजाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्य चौकीमा आउनुपर्ने बाध्यता थियो । यो बाध्यताबाट यहाँका महिला तथा अन्य नागरिकले अब छुटाकारा पाउने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रसुति गृहका लागि आवश्यक दक्ष जनशक्ति एसबिए तालिम प्राप्त दक्ष जनशक्ति एक जना, अहेव दुई जना, अनमी दुई जना र सहयोगी एक जना गरी अहिले ६ जना जनशक्तिको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय जुम्लाको अनुगमन टोलीले त्यो क्षेत्रमा प्रसुति गृहको उपयुक्त ठानेपछि स्थापना गरिएको हो । सिंजा गाउँपालिकाको धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट अहिले पालिकाले प्रसुति सेवा प्रदान गर्दै आएको छ ।
घरमा सुत्केरी नहुने र स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि यो गाउँपालिका भित्र पाँच ठाउँबाट प्रसुति सेवा प्रदान गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच