सेयर बजारमा सामान्य वृद्धि

Read Time = 3 mins

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयरमा सामान्य सुधार आएको छ । बिहीबार नेप्से ४.१५ अंक बढेर १८७०. ६३ अंकमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ अंक बढेर ३६७.१४ मा पुगेको छ । यस दिन कुल दुई सय २२ कम्पनीका २६ लाख ९८ हजार तीन सय ४७ कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कारोबार भएका १३ समूहगत सूचकमध्ये जलविद्युत्को सूचकमात्रै घटेका छन् ।

नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार सात सय ८९ रुपैयाँ बराबर कायम भएको छ । कारोबारका आधारमा शीर्षस्थानमा रहेको नबिल बैंकको तीन करोड ४० लाख ३५ हजार दुई सय बराबरको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स तीन करोड २७ लाख २६ हजार एक सय ६५ रुपैयाँ, शिवम् सिमेन्ट दुई करोड ९१ लाख १७ हजार एक सय नौ रुपैयाँ, रिडीपावर कम्पनी दुई करोड ८३ लाख ६६ हजार आठ सय ६३ रुपैयाँ र हिमालयन डिस्टिलरीको दुई करोड ८२ लाख ३६ हजार तीन सय छ रुपैयाँको कारोबार भएको छ ।

अभियान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् ८.१४, सामुदायिक लघुवित्त ५.१६, शिवम् सिमेन्ट ३.१७ र सबैको लघुवित्तको सेयर मूल्य ३.६३ प्रतिशतले बढेको छ भने सिटिजन म्युचुअल फण्ड-२ को ४.४५, एभरेष्ट बैंक ३.८३, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ३.४७, ग्लोबल आइएमई समुन्नत कोष–१ को ३. ४६ र गणपति लघुवित्तको ३.१९ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?