दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो । मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गर्नुभएको हो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २-० को जित हात पार्यो ।
मोरक्कोले पहिलो हाफमै अग्रता लिए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले लिइएको निर्णयमा अफसाइड घोषित भएको थियो । पहिलो हाफको इन्जुरी समयमा मोरक्कोका हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर, अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बलको दिशा छेकेपछि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिनुभएन ।
५१ औँ मिनेटमा इडेन हाजार्डले मिडफिल्डदेखि बल अघि लग्दै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक मुनिरले विफल पार्नुभयो । ५६औँ मिनेटमा सोफियान बौफालले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार पोस्टलाई छुँदै बाहिरिएको थियो ।
यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको दुई खेलमा चार अंक तथा बेल्जियमको तीन अंक छ । क्रोएसिया एक अंक र क्यानडा अंकविहीन छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच