काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको आयोजनामा चितवनमा कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । माघ २७ देखि २९ गतेसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ ।
प्रदर्शनीमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिबारे जानकारी प्राप्त गर्न सकिनेछ । प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आमकृषकले प्रदर्शनीमा आधुनिक प्रविधि अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको भनाइ छ ।
प्रदर्शनीमा कृषिकर्म सहज र किफायती बनाउन सहयोगी साना–साना औजार, मेसिनदेखि डेरी मेसिनरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला-ठूला उपकरणको डेमोसमेत प्रस्तुत गरिने बताइएको छ । एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीसँगै नेपाल फुड एण्ड बेभेरेज एक्स्पो पनि हुँदैछ । फुड एण्ड बेभेरेज एक्स्पोअन्तर्गत होटल तथा रेस्टुरेन्ट, होस्टल, क्याफे, क्याटरिङलगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्य सामग्री तथा उपकरण रहनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच