टुरिन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार कम्तीमा एक महिना मैदानबाहिर रहनुहुने भएको छ । फ्रेन्च लिग वानअन्तर्गत आइतबार राती लिलमाथि चार-तीनको जित निकाल्दाको खेलमा नेयमारलाई घुँडामा चोट लागेको थियो ।
बेन्जामिन आन्द्रले गरेको ट्याकलमा नेयमार घाइते हुनुभएको थियो । लिल मिडफिल्डरले ब्राजिलियनलाई फउल गरेपछि उहाँ मैदानमा लड्नुभएको थियो । त्यसलगत्तै उहाँलाई स्ट्रेचरबाट मैदानबाहिर लगिएको थियो ।
एमआरआई परीक्षणपछि उहाँले कम्तीमा पनि एक महिना मैदानबाहिर रहनुपर्ने भएको हो । योसँगै नेयमारले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको दोस्रो लिग गुमाउनुहुनेछ । दोस्रो लिग बायर्नकै मैदानमा मार्च ८ मा हुँदैछ ।
३१ वर्षीय नेयमारले यो सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल गरिसक्नुभएको छ । लिग वानमा उहाँले २० खेलमा १३ गोल र ११ असिस्ट प्रदान गर्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच