काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयामा कारोबार भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच