पोखरा गठबन्धनको घोषणापत्र : समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार

Read Time = 2 mins

पोखरा । सत्तारढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

‘समुन्नत पोखराको आधार स् सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ । पोखरामा रोकिएको विकासलाई अघि बढाउन घोषणापत्र तयार गरिएको गठबन्धनले जनाएको छ ।

पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका नेता धनराज आचार्य र उपमेयरमा कांग्रेस नेतृ कोपीला रानाभाटले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सो कार्यक्रममा धनराज आचार्यले पोखरेलीलाई धनी बनाउने आधार र पूर्वाधार बनाउनेमा जोड दिनुभयो। वडाहरुमा पनि गठबन्धन हुन लागेको जानकारी दिँदै उहाँले केही वडामा टुंगिन बाँकी रहेको बताउनु भयो । आपसी सल्लाहमै सबै विषय टुंग्याउने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा कोपीला रानाभाटले गठबन्धनबाट उम्मेदवारी दिएका सबै निष्कलंक रहेका दाबी गर्नुभयो। गठबन्धन समयको माग रहेको र ओली प्रवृत्तिको विरोधका लागि पनि रहेको भन्दै उहाँले गठबन्धनका उम्मेदवार निर्वाचित हुने दाबी पनि गर्नुभयो । पाँच दलीय गठबन्धन स्थानीय तह निर्वाचनसम्मका लागि मात्र नभएर संसदीय चुनावसम्म सँगै जानुपर्ने उहाँको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?