लमजुङमा स्थानीय तह निर्वाचनका लागि खटिए ९८७ म्यादी प्रहरी

Read Time = 2 mins

तालिममा गर्दै म्यादी प्रहरी ।

लमजुङ

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि लमजुङमा ९८७ म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीमा दुई हजार ६३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन् ।

जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र दुई हजार ६३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३९६ जना महिला छन् ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश-उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनोट गरिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?