कलाकार डङ्गोलको एकल चित्रकला प्रदर्शनी

Read Time = 2 mins

काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आजसम्म जारी रहने छ ।
प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गर्नुभएको छ । उहाँका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ ।
चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उहाँले बताउनुभयो ।
'कलाको यात्रामा काम गर्दै जाँदा मैले एकदिन आत्मा वा मनमा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइनँ । संसारको हरेक कुरा महसुस गर्नु, ग्रहण गर्नु, सिक्नु, सिकाउनु, संस्कार, संस्कृति, प्रकृति सबै आखिर यही मन आत्मामै केन्द्रित हुने गर्दछ', उहाँले भन्नुभयो ।
आफ्ना चित्रले कुनै प्रकृतिसँग झुकाव राख्दछ भने कुनै सांस्कृतिक दृश्यसँग झुकाव राख्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?