इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रबार भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
इस्तानबुल गभर्नरको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार शहरको एसियाली किनारमा रहेको तुजला जिल्लाको एक रासायनिक कारखानामा आगलागी भएको हो । घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।
विज्ञप्ति अनुसार आगलागीमा नौ जना कामदार सामान्य घाइते भए पनि अन्य तीन जनाको ज्यान गएको छ । आगोको कारण कारखानामा धेरै शक्तिशाली विस्फोट भएको र नजिकैका केही सवारी साधन र भवनहरूलाई क्षति पुगेको जनाइएको छ ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको