काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पनि पाँचदलीय गठबन्धन सफल भएको बताउनु भएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहनुभएका डा. महतले धेरैलाई गठबन्धन टुट्छ भन्ने लागे पनि त्यस्तो नभएको बताउनु भयो । उहाँले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताउनु भयो । उहाँले त्यस्तो भनेता पनि जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।
स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी परेको पनि उहाँले बताउनु भयो । उहाँका अनुसार २६५ जना उम्मेदवार मेयरमा, ३७२ ठाउँमा गाउँपालिका अध्यक्षमा, १९४ जना उम्मेदवार उपमेयर र ३४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिनुभयो। देशभर कांग्रेसका ६ हजार ४३ जना वडाध्यक्षका उम्मेदवार छन्। वडा सदस्यमा पाँच हजार ९३८ जना उम्मेदवार रहेको महतले बताउनु भयो।
दलित महिला सदस्यमा पाँच हजार ६९१ र दुई सदस्यका लागि ११ हजार ७८८ जना उम्मेदवार रहेको उहाँले जानकारी दिनुभयो ।
नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहित उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाउनु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :