गर्भपतनबारे चुहावट भएको दस्तावेज ‘वास्तविक’ : अमेरिकी सर्वोच्च अदालत

Read Time = 2 mins

न्युयोर्क । लाखौं अमेरिकी महिलाले गर्भपतनको कानुनी अधिकार गुमाउन सक्ने भन्ने चुहावट भएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतले पुष्टि गरेको छ । सो दस्तावेज मंगलबार चुहावट भएको थियो ।

मस्यौदालाई पहिलो पटक अमेरिकी वेबसाइट पोलिटिकोले प्रकाशित गरेको थियो ।

तर, मस्यौदाले अदालतको अन्तिम निर्णयको प्रतिनिधित्व नगर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले बताउनु भयो । गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को एतिहासिक फैसलालाई उल्ट्याउन सक्ने विषय चुहावट भएको दस्तावेजमा उल्लेख छ ।

यसैबीच राष्ट्रपति जो बाइडेनले सो निर्णय अगाडि बढे स्वतन्त्रता सम्बन्धी प्रश्न उठाउने बताउनु भएको छ । चुहावट भएको दस्ताबेजलाई ‘फस्ट ड्राफ्ट’ भनिएको छ । त्यसमा अदालको बहुमतको राय प्रतिबिम्बित भएको देखिन्छ ।

रो भी वेड नामको सो मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकामा आधा राज्यहरूमा गर्भपतनमाथि रोक लाग्न सक्छ ।

मस्यौदा चुहावट भएको विषयप्रति सर्वोच्चले गम्भीर उल्लंघन भनेको छ । एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टसले त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई निर्देशन दिनुभएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?