पाँच दलीय गठबन्धनमा जसपाको आपत्ति

Read Time = 2 mins

पोखरा । जनता समाजवादीले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ । जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताउनु भएको छ ।
आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पार्नुभयो ।

‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचार बारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ । गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उहाँले भन्नुभयो, ‘व्यवहारतः यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन । हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौं ।’

उहाँले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिनुभएको छ । ‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौं,’ उहाँले अघि लेख्नुभएको छ, ‘हाम्रो पार्टीको नाम ,झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं ।’ जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो ।

तर कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन् । यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लड्नु भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?