विश्रान्त महाकाव्यमा उदाए रूपक अलङ्कार

Read Time = 16 mins
A A- A+

✍️ डा.गणेशप्रसाद घिमिरे
सर्गबन्धो महाकाव्यं महताञ्च महच्च यत्
पूूर्वको संस्कृत परम्परामा आचार्य भामहले गरेको पहिलो महाकाव्यको परिभाषा हो यो । महाकाव्य कसरी लेख्नेभन्दा पनि महाकाव्यलाई चाहिने कथावस्तुु र त्यसले व्यक्त गर्ने आधारलाई उनले बाहिर ल्याए । कविताको सबैभन्दा महत्तम बृहदाकारको कथानकलाई गतिलो तरिकाले उनेर बाहिर ल्याउनुु चानचुुने कुरा थिएन । कविताका बान्कीलाई एउटा सूूत्रमा उनेर पाठकसामुु पस्कनुु पनि सामान्य मान्यता होइन । महाकविको अध्ययन, मनन र चिन्तनले दिने आधारबीज हो महाकाव्य सिर्जना पनि । त्यसैले महाकाव्यको सिर्जना साहित्यकार वा कविका लागि सहज थिएन, होइन पनि । कवितामा गरिनेउपासनाको एउटा पाटो हो महाकाव्य सिर्जना ।

नेपाली साहित्यमा महाकाव्य सिर्जना गर्ने पहिला कवि लक्ष्मीप्रसाद देवकोटा हुुन् । उनको ‘शाकुुन्तल’ महाकाव्यले नेपाली साहित्यको इतिहासमा पहिलो प्रयासलाई बाहिर ल्यायो । यो नेपाली कविताको इतिहासमा वि.सं. २००२ को प्रयास थियो । कवितामा साधना गरेर जीवनलाई कवितामा नै समर्पित गरेका कविशिरोमणि लेखनाथ पौड्यालले ‘तरुण तपसी’ रचना गरे तर महाकाव्य भन्न सकेनन् । नव्यकाव्यको सज्ञा दिए आफ्नो काव्यलाई । २००५ मा कवि सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’ पूूर्वको महाकाव्य परम्पराको जगमा उतारिएको एउटा अब्बल महाकाव्य बनेर उपस्थित भयो तर पाठकका लागि हाडे ओखर बनेर आयो ।

यही परम्परामा बालकृष्ण समले पूूर्वको मान्यतालाई अबलम्बन नगरी ‘चिसोचूल्हो’ महाकाव्यलाई बाहिर ल्याए । नेपाली कविताको इतिहासमा वि.सं. २००२ देखि २०१५ सम्म देखापरेका यी महाकाव्य नै कविताको इतिहासमा गनिए । उत्तरार्धका केही वर्ष महाकाव्यको इतिहासमा खडेरी नै लाग्यो । पछिल्लो समय त नेपाली कविताको इतिहासमा महाकाव्यको बाढी नै आयो । साहित्य सिर्जनामा साधना अनिवार्य मानिएको हुुन्छ । साहित्यमा सिर्जनाले साधनाको माग गरेको हुुन्छ । यही सिर्जनाको आधार र कविको तपस्याको प्रतिफल महाकाव्य हो । यही महाकाव्यको इतिहासमा एउटा महाकाव्य जोडिएर आएको छ ‘विश्रान्त’ ।

‘विश्रान्त’ महाकाव्यका सर्जक रूपक अलङ्कार हुुन् । अलङ्कार उनको साहित्यिक नाम हो । साहित्यका क्षेत्रमा अलङ्कारका रूपमा परिचित उनी रूपक अधिकारी हुुन् । उनकै सिर्जना हो ‘विश्रान्ति’ महाकाव्य । उनी हाल वाल्मीकि विद्यापीठमा अथर्ववेदका उपप्राध्यापक हुुन् । नेपाल वि.सं. २०५२ फाल्गुुण १ गतेदेखि सशस्त्र युुद्धको द्वन्द्वमा गयो । त्यो आन्तरिक द्वन्द्व थियो । आन्तरिकरूपमा नेपालको राजनीतिले नयाँयुुगको कल्पना गरेको हो भन्ने आधार र दलिल पेश गरे नेताहरूले त्यस समयमा तर त्यसो हुन सकेन ।

यही द्वन्द्वको अवस्थालाई महाकाव्यले कथावस्तुुको तन्तुु बनाएको छ । यही द्वन्द्वका खटिराहरू महाकाव्यमा कथावस्तुु बनेर आएको छन् । समाजमा विद्यमान रहेका नराम्रा पक्षलाई समाप्त पार्ने र वर्गविहीन समाजको कल्पना गर्ने मानसिकतामा दौडिएको त्यो द्वन्द्वले निकास पाउन सकेको छैन । निकास पाए पनि देशको राजनीति आज लाजनीति बनेको छ । यो नेपालको राजनीतिका देखिने अस्वस्थ अवस्था हुुन् । यी अवस्थालाई चिर्न युुद्धमा होमिएको एउटा तरुणको जीवनवृत्तलाई महाकाव्यले कथावस्तुु बनाएको छ ।

के छ महाकाव्यमा ?
कविशिरोमणिले चौतारोमा बसेका तरुणलाई तपसी बनाए । उक्त तपसीले एउटा वृक्षले भोगको सत्यलाई बाहिर ल्यायो । जसमा मानवीय चेतना र त्यसले व्यक्त गर्ने आधारको स्रोत खोज्यो र सफल भयो । कवि रूपक एउटा जीवनका हरेक पाटामा असफल भएको साधुलाई आधार बनाउन सफल भए । कवि स्वयं एकजना साधुुका माध्यमबाट महाकाव्यको कथानकलाई जीवन्त बनाउन सक्रिय रहेका छन् । यही अवस्थाको जीवन्त परिवेशमा महाकाव्य विश्रान्त आएको छ ।

एउटा ज्ञानले सजिएको र नेपाली समाजलाई परिवर्तन गर्न चाहेको युुवक युुद्धमा होमिएको छ । युुद्धको डरलाग्दो विभीषिका र त्यसले निम्त्याउने आधारलाई उसले कत्ति पनि दुुःख मानेको छैन । उक्त जनयुुद्धमा होमिएको त्यो युुवकको जीवनका सबै पक्षहरू जीवन्त बनेर आएका पनि छन् । तर नेपालमा देखिएको जातीय, वर्गीय, लैङ्गिक विभेदको अन्त्य गर्ने अभिलाषामा रहेको युुवक दलित परिवारकी छोरी चेतनासित प्रेमसूूत्रमा बाँधिएको छ । जीवनलाई सङ्घर्षको भुँमरीमा धकेलेको उक्त युुवकको यो अवस्थाले द्वन्द्वको अवसानपछि राज्यसत्ताको स्वाद चाखेको छ ।

स्वाद चाखेको उक्त युुवकको जीवनवृत्त र राज्यबिरुद्ध खनिएको उक्त नायक एउटा जीवन भोगाइमा गएर विश्राम लिएको छ । यही हो महाकाव्यमा देखापरेको कथानक र कविको आशलाग्दो रहर पनि । समाज परिवर्तन भयो भएन त्यो कुरा कविले यहाँ बाहिर ल्याउन खोजेका छैनन् तर नेपालको राजनीति कस्तो भयोभन्दा कवि भन्छन् :
क्रियाविनाको अलपत्र नीति, प्रभावले शून्य अरण्यानीति ।
निष्ठा मरेका शवतुुल्य नेता, आशा मरेको चकमन्न सत्ता ।
यो कविको सत्ताप्रतिको वितृष्णा हो वा नेपालीले गरेको आन्दोलनले केही गर्न नसकेको अवस्थाको पहिचान हो त्यो बुुझ्न पाठकलाई हम्मेहम्मे परेको छ । कविले एउटा युुवकलाई जीवनमा केही गर्छु र जीवनका हरेकपल राष्ट्र र राष्ट्रवासीलाई सुुम्पन्छुु भन्ने उद्देश्यका आधारमा युुद्धमा पठाएका छन् । तर, युुद्धले दिएका खाटाहरू सुुक्न नपाउँदै युुवकले नेपालको राजनीतिमा आफूूलाई उभ्याएको छ । यही अवस्थाको सबल चित्रणलाई महाकाव्यमा कविले समाहित गरेका छन् ।

पूूर्वीय परम्पराको पालना :
महाकाव्यका बारेमा पूूर्वका आचार्यहरूले आफ्नो दृष्टिकोणलाई गतिलो तरिकाले राखेका छन् । आचार्य विश्वनाथले साहित्यदर्पणमा बताएअनुुसार आठसर्गको कल्पना महाकाव्यमा मानेका छन् । एउटै छन्द वा भिन्नभिन्न छन्दको प्रयोग पनि महाकाव्यमा गर्न सकिने तर्कलाई सिद्धान्तमार्फत बाहिर ल्याएका छन् । यसमा कवि रूपक पूूर्णतः पालक बनेर देखापरेका छन् । एउटै सर्गमा विभिन्न्न छन्दको प्रयोग भएको छ भने अन्त्यमा छन्दको परिवर्तन गरेर पूूर्वको मान्यतालाई जीवन्त बनाएका छन् । उनको यो महाकाव्य रचनामा देखापरको सबलता पनि हो ।

काव्यशास्त्री भामहदेखि विश्वनाथसम्मका महाकाव्य मान्यतालाई पालन गरेको यो महकाव्य पूूर्वको ढाँचालाई अँगालेर रचना गरिएको महाकाव्य हो भन्दा अत्युुक्ति नहोला ? कवि सचेत छन् महकाव्यका नियमलाई पालना गर्ने उद्देश्यमा पनि । महान् व्यक्तिको महान् जीवनवृत्त र उसले भोगेका यावत् सन्दर्भको पहिचानलाई महाकाव्यमा समाहित गर्न सकेका छैनन् कविले । तर यसको नायकका विचार र साधुुबाट व्यक्त भएका विचार तत्कालीन समयको महान् जनयुुद्ध मानिएको थियो । यसलाई आधार मानेर काव्यको अवलोकन गर्ने हो भने पनि यो महाकाव्य कविकै दृष्टिमा महान् गाथा हुनसक्ने सङ्कल्प मान्न सकिन्छ ।

महाकाव्य कविको साधना हो । कविले जीवनभरि आर्जन गरेको साधनाको भण्डार पनि हो । कवि रूपकले यो महकाव्यलाई युुद्धको विश्रान्त बनाएका छन् । २०५२ सालमा आरम्भ भएको युुद्ध विश्रान्त त भयो तर हामी नेपालीको जीवन र नेपालको राजनीतिलाई फेर्ने सन्दर्भमा हामी नै कमजोर रहेको तथ्यलाई कविले सहर्ष स्वीकार गरेका छन् । यो महाकाव्यमा देखापरेको उपलब्धि मान्न सकिन्छ ।

असन्तुुष्टि :
कवि कलाकार हो ।सर्जक हो । सिर्जनाका माध्यमबाट उसले समाजका सबै क्रियालाई बाहिर ल्याएको हुुन्छ । युुद्धले समाजको सिर्जना गर्दैन । समाजलाई भताभुुङ्ग बनाउने आधार युुद्ध हो । नेपालको राजनीतिमा देखिएको सत्ता लिप्सालाई सम्बोधन गर्र्दै कवि भन्छन् :
सत्ता भोग, विलासको हवनको काँचो पुुरोडास म
जे छन् खाद्य अखाद्यको अपचको दुुर्गन्ध उच्छ्वास म ।
आफ्नै जीवन जीर्ण देख्छुु अहिले फोहोर खाल्टो जब
यस्तो कुत्सित जिन्दगी छ यसमा के गर्व गर्ने अब ?
त्यो महान् भनिएको सशस्त्र युुद्ध पनि सत्तामा जाने सिँढी भयो । जीवनका सबै पललाई समाजको परिवर्तनका लागि सुुम्पेको व्यक्ति नै परिवर्तनका हरेकपक्षमा असफल भएपछिको अवस्थालाई यहाँ समाहित गरिएको छ । यो कविमा देखापरेको असन्तुुष्टि हो भन्न सकिने आधार हो । कविले सशस्त्र युुद्धमा होमिएको यु्ुवकलाई र साधुलाई जसरी अवतरण गराएका छन् त्यो अत्यन्तै महनीय बनेको छ महाकाव्यमा । कविको कलमले सबै ठाउँमा असन्तुुष्टि पोखेको छैन । विज्ञानको सम्पन्नता र युुद्धको डरलाग्दो अवस्थालाई चित्रण गर्न सफल पनि बनेका छ महाकाव्य । कवि युुद्ध वा मानिसको संहारले संसारमा परिवर्तन गर्न खोजे परिवर्तन नहुने कुरालाई सङ्केत गर्दै भन्छन् :
लाग्यो डढेलो कति फूलबारी, लग्यो कतै हर्कखुुशी बढारी ।
ढल्यो कसैको मनको छहारी, के सृष्टि बच्थ्यो र मनुुष्य मारी ?
संसार सिर्जना हो ईश्वरको । यही संसारमा सबै छ तर त्यसमा रम्न जान्न सक्नुुपर्दछ । नेपालमा घटेको महान् शब्दको सशस्त्र युुद्धले परिवार, घर, मानवीय भावनालाई ध्वस्त बनाएको छ । यही असन्तुुष्टपन कविको केन्द्र बनेको छ । कवि समाजको सुुधार र त्यसले दिने भावनाको सन्दर्भलाई व्यक्त गर्दै अन्त्यमा भन्छन् :
केही नि पाइन्न बनेर क्रुुद्ध, माया छ मेरो मुुटुुमाझ शुुद्ध ।
दुुःस्वप्न ठानेर भुलेर युद्ध, बनेर निस्कन्छुु नवीन बुुद्ध ।
यही उपसंहार महाकाव्यको हो । मानवीय भावना र मानवताको रक्षाका लागि शान्ति नै सर्वोपरि छ भन्ने धारणालाई बाहिर सारेर महाकाव्यले विश्राम पाएको छ । यही विश्रान्त महाकाव्यमा देखिएको मूल पक्ष पनि ।

अन्त्यमा :
नेपालमा गणतन्त्रको आगमनपछि दोस्रोपटक स्थानीय निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन नेपालका लागि गौरवको विषय पनि हो । आज युुवाहरू जनताबाट अनुुमोदित आएका छन् । नेपालका कतिपय स्थानमा राजनीतिक दलहरूप्रति असन्तोष व्यक्त भएको छ । देशकै राजधानी काठमाडौँमा एउटा तरुणले बाजी मारेका छन् । दलप्रतिको असन्तुुष्टी बाहिर आएको छ । यही चुुनावलाई सम्बोधन गर्दै विश्रान्त महाकाव्य भन्छ :
चुुनावमा शान र मान बढ्ने, लडेर उठ्ने कि उठेर लड्ने ?
नेतृत्वको हुुन्छ यहीँ परीक्षा, सिद्धान्तको हुुन्छ यहीँ समीक्षा ।
चुुनाव हो शासनको शृङ्गार, माझिन्छ काला यसमै विचार ।
मान्छे, कुुमान्छे यसमै चिनिन्छ, साँचो झुटोको लहरो छिनिन्छ
लगाउँदै भाषणमाथि रन्दा, बाँडेर आश्वासनका पुुलिन्दा ।
भुुलाउँदै तुच्छ चरित्र गन्दा भन्छन् ‘म राम्रो म सफा तँभन्दा ।’
कविले जे देखे देखेको लेखे । हालको सम्पन्न निर्वाचनले पनि त्यही देखायो । जनप्रतिनिधिहरू काम गर हामी तिमीहरूका साथमा छौँ भनेका छन् जनताले । विकास होस समृद्ध र सबल नेपालको कल्पना कविको हो । क्रान्ति र युुद्धबाट होइन शान्तिबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
teknath dahal
teknath dahal
2022-05-28 11:19 am

पढेँ राम्राे लाग्याे ।

छुटाउनुभयो कि ?