आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले आज (शुक्रबार)देखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले आउँदो भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो ।

कार्यालयले यसबारेमा गएको २५ गते सार्वजनिक सूचना नै निकालेर असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको जनाएको थियो ।

बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

कार्यालयले भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?