काठमाडौं । सिन्धुली हुँदै रामेछाप जाने क्रममा बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विरामी परेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाने क्रममा उहाँको स्वास्थ्यमा समस्या देखापरेको थियो । उहाँको स्वास्थ्य प्रतिकूल भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता भएपछि उहाँलाई त्यहीको अस्पताल लगिएको थियो ।
बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँले जानकारी दिएअनुसार उहाँको स्वास्थ्य गम्भीर देखिएपछि उपचारका लागि काठमाडौं लगिएकाे हो ।
उहाँलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको र अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच