टाटा जेनभोल्टज जेनेरेटरमा आकर्षण

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सको जेन भोल्टेज जेनेरेटरले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार सन् २०२२ को बीचमा बिक्रीवितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय हिंस्सा ओगट्न सफल भएको हो ।

विभिन्न प्रयोजनका लागि उपयुक्त जेनभोल्टज जेनेरेटर टिकाउ र भरपर्दो हुनुका साथै कम खर्चिलो पनि छ । त्यसैले बढीभन्दा बढी उपभोक्तामा यसप्रति आकर्षण देखिएको कम्पनीको दाबी छ । टाटा मोटर्सको अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परीक्षण र निर्माण गरिएको जेनेरेटरमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ । सिपिसिबी-२ सम्बन्धी उत्सर्जन मापदण्डअन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धन कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउने बताइएको छ ।

सिप्रदीका ब्याट्री डिभिजनका प्रमुख सुरेशकुमार तिवारी भन्नुहुन्छ, ‘टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गरिरहेको छ । हामी पूर्ण विश्वस्त छाँै कि यो नेपालको पूर्वाधार एवं औद्योगिक विकासका लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्राण्ड बन्न सफल भइरहेको छ ।’ निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयलाई उपयुक्त जेनेरेटर २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुवै किसिममा उपलब्ध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?