सात महिनामा व्यापार घाटा आठ खर्बभन्दा बढी

Read Time = 3 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड पुगेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्ममा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार भएकोमा नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाखको आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाखको मात्रै निर्यात भएको हो ।

सो अवधिमा आयातको हिस्सा ९०.७७ र निर्यातको हिस्सा ९.२३ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को छ महिनाको तुलनामा यस वर्षको सोही अवधिको वैदेशिक व्यापार २०.८४ प्रतिशतले घटेको छ ।

माघसम्ममा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाखको वैदेशिक व्यापार भएकोमा नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाखको आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाखको मात्रै निर्यात भएको हो ।

गत वर्षको तुलनामा आयात १९.९० प्रतिशतले र निर्यात २९ प्रतिशतले घटेको छ । माघसम्ममा भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाखको आयात भएको छ भने निर्यात ६६ अर्ब २२ करोड ६५ लाखको मात्रै रहेको छ । त्यस्तै, चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाखको आयात भएकोमा ४२ करोड २६ लाखको मात्रै निर्यात भएको छ । चालु आर्थिक वर्षको माघसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ ।

सो अवधिमा ८४ अर्ब ६१ करोड ६४ लाखको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाखको पेट्रोल र ३३ अर्ब ३४ करोडको एलपी ग्याँस आयात भएको हो । त्यस्तै, २६ अर्ब ४२ करोड ४२ लाख अप्रशोधित सोयाबिन तेल आयात भएको छ भने २३ अर्ब ६६ करोडको फलाम, १८ अर्ब ४५ करोड ३५ लाखको सुनजन्य वस्तु, १७ अर्ब ७६ करोडको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाखको स्मार्टफोन आयात भएको छ ।

सो अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल १३ अर्ब ९२ करोड ६७ लाखको निर्यात भएको छ भने सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाखको निर्यात भएको छ । चार अर्ब ८९ करोड ७३ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाखको चिया निर्यात भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?