काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्द आज काठमाडौंमा देशभर बाट करिब ३ हजार पिडित हरु आइपुगेका छन र आउने क्रम जारिरहेको सघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिनुभयो ।
करिब छ दिन लगाएर एक हजार भन्दा बढि पिडितहरु मुग्लिनबाट काठमाडौंसम्म हिँडेर दबाबपुर्ण आन्दोलन गर्दै आएका छन् । सरकारले समिति बनाएर केहि काम नगरेकोमा पुन सरकारलाइ झकझकाउन आन्दोलन गर्न आएका बर्दियाका पिडित जिवन सुनारले बताउनु भयो ।
मुग्लिनबाट हिडेका उनीहरु छ दिनको दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बसेका थिए । आज उनीहरु थानकोटबाट प्रदशन र्यालि गर्दै कलङ्की हुँदै तिनकुने गएर बस्ने र भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्न केन्द्रिय अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच