टुट्यो सत्ता गठबन्धन, एमाले सहितको सरकार बन्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।

एमाले सचिवालय बैठक पछि सो बारेमा औपचारिक जानकारी आएको हो । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठक पछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।

सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

आज नै नयाँ मन्त्रिपरिषदकाे गठन हुने नेताहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?