काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।
सांसद विराजभक्त श्रेष्ठका अनुसार बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए । संसद्को चौथो ठूलो दल भएकाले लोकतान्त्रिक प्रक्रियामा छलफल गर्ने अधिकार दिइएको उनले जानकारी दिए ।
पछिल्लो समय सत्ता गठबन्धनमा आएको संकटसँगै राजनीति गतिविधि बढिरहेको छ । उता एमालेको सचिवालय बैठक पनि बालकोटमा बसिरहेको छ । एमाले बैठकमा टिआरसी विधेयक र सत्ता गठबन्धनको विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
यता सोमाबार बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक स्थगित गरे एमाले र रास्वपासहितका दलहरुलाई छलफलमा बोलाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच