पहिलो ओभरमा अफ्रिदीको चार विकेट

Read Time = 2 mins

लण्डन । पाकिस्तानका तीव्रगतिका बलर शाहिन शाह अफ्रिदीले इंग्ल्याण्डको चर्चित घरेलु क्रिकेट प्रतियोगिता टी-२० ब्लास्टमा एकै ओभरमा चार विकेट लिनुभएको छ । नटिंमशायरबाट खेलिरहनुभएका अफ्रिदीले बर्मिघम बेयर्सविरुद्ध एकै ओभरमा चार विकेट लिनुभएको हो ।

उहाँको टोली भने दुई विकेटले पराजित भयो । जितका लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको बर्मिघमविरुद्ध अफ्रिदीले पहिलो ओभरमै चार विकेट लिनुभएको थियो ।

पहिलो बलमै वाइडका रूपमा उहाँले पाँच रन खर्चिनुभएको थियो । तर, त्यसपछिको पहिलो बलमा उहाँले एलेक्स डेभिसलाई शून्यमा एलबिडब्लू आउट गर्नुभयो । दोस्रो बलमा उहाँले क्रिस बेन्चामेनलाई शून्यमा बोल्ड गर्नुभयो । तेस्रो र चौथो बलमा उहाँले समान एक रन खर्चिनुभयो । पाँचौँ बलमा उहाँले ड्यान मोस्लीलाई क्याच आउट गराउनुभयो । अन्तिम बलमा उहाँले इड बर्नार्डलाई बोल्ड गर्दै चार विकेट लिनुभएको थियो ।

तर, पाँचौँ विकेटका लागि ग्लेन म्याक्सवेल र रोब यट्सले ४२ रनको तथा छैटौँ विकेटका लागि रोय यट्सले याकुब बेथेलसँग मिलेर ६९ रनको साझेदारी गर्दै बर्मिघमले जित हात पारेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?