अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा

Read Time = 3 mins

काठमाडौं । सितापाइलास्थिति अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ ।

आज सिके सिनेमाजको उद्धघाटन कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिवन काटेर हलको शुभारम्भ गरिएको थियो ।

नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ ।

हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताउनु भाे। सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुशीको कुरा भएकाले शहरमा मात्रै होइन गाउँमा सिनेमा हल खोल्नु पर्ने उहाँले बताउनु भयाे। साथै प्रमुख अतिथि केसीले सिके सिनेमाज् सञ्चालमा आउँदा सवै उत्साहित भएको उल्लेख गर्नुभयो ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेको सम्पुर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवाद ज्ञापनसहित बधाई दिनुभयो । उहाँले आजको समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्ने बताउनु भयाे ।  सिनेमा हल सवैको साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सुरक्षा गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

अत्याधुनि सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताउनु भयो ।

बिहिबार हलसञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फुलबारी देखाइएको थियो । दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?