जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको प्रष्टीकरण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बर्दिया घटनामा गोली चलाउन आदेश नभएको स्पष्टीकरण दिनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्न र सभामुखको रुलिङपछि स्पष्टीकरण दिँदै गृहमन्त्री खाणले बर्दिया घटनामा गृहमन्त्रालय, सीडीओ वा एसपीले गोली चलाउन आदेश नदिएको बताउनुभएको हो ।

उहाँले कमभन्दा कम बल प्रयोग गर्ने सरकारको नीति भएपनि बर्दियामा प्रहरीको गोली लागि किशोरीको निधन हुनु दुःखद रहेको भन्दै खाणले घटनाबारे छानबिन गर्न समिति बनाइएको बताउनुभयो ।

‘गोली चलाउन आदेश भएको देखिदैन तर घटना भइसकेको छ । यसबारे सत्यतथ्य छानबिन गर्न आजै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छौं’, गृहमन्त्री खाणले भन्नुभयो ।

बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सो क्रममा स्थानीय नविना थारुको मृत्यु भएको थियो ।

सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा मंगलबार पाँच सदस्यीय समिति गठन गरेको छ ।

थारुको सोमबार प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने